डोटीमा खेलकुद पत्रकार समूह गठन, अध्यक्षमा ओली

झलक पाली /डोटी
डोटीमा आइतबार खेलकुद पत्रकार समूह गठन भएको छ । जिल्लामा क्रियाशील पत्रकारहरुको एक भेलाबाट तेजु ओलीको अध्यक्षतामा ९ सदस्यीय खेलकुद पत्रकार समूह डोटीको तदर्थ समिति गठन भएको हो । उक्त समूहको उपाध्यक्षमा शालीभान साउँद, सचिवमा किरण धामी, कोषाध्यक्षमा टेक साउँद रहेका छन् । त्यस्तै सदस्यहरुमा शुशिला पन्त, सीता महता, नारद नेपाली, प्रशान्त खाँती र राम कुन्जेडा रहेका छन् ।

खेल क्षेत्रका समाचारलाई प्राथमिकता साथ उठान गर्न उक्त समूह गठन गरिएको हो । त्यस्तै सो समूहलाई थप मार्गदर्शन गर्न ५ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । नवराज जोशीको संयोजकत्वमा डिल बहादुर सिंह, रोजेन्द्र जोशी, कर्ण चन्द र प्रेम नेपाली सदस्य रहने गरि सल्लाहकार समिति गठन भएको हो ।
जिल्लामा खेलकुद पत्रकार समूह गठन भएकोमा जिल्ला खेलकुद समिति डोटीका अध्यक्ष नरेश मलासीले खुशी व्यक्त गर्दै आफुलाई खेल क्षेत्रमा काम गर्न थप हौसला मिलेको बताए ।
