डोटीमा जारी निषेधाज्ञाको समय असार ३१ गतेसम्मका लागि थप

डोटी जिल्लामा जारी निषेधाज्ञा असार मसान्तसम्मको लागि थप गरिएको छ । आईतवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डोटीको बैठकले जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निशेधाज्ञा असार ३१ गते सम्म लम्ब्याउने निर्णय गरेको छ ।

आदेशको उलंघन गर्ने, औषधि, औषधीजन्य सामग्री, अत्याआवश्यक उपभोग्य वस्तु वा सेवाको आपुर्तिमा कृतिम अभाव सिर्जना गर्ने, मूल्य बृद्धि गर्ने जस्ता कार्य गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ र स्थानिय प्रशासन ऐन, २०२८ बमोजिम कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनु भयो ।

Sayalb

डोटी जिल्लामा निषेधाज्ञाको समय थप गरिएको यो सातौँ पटक हो । बैशाख २१ गते राति १२ बजे देखी लागु भएको निषेधाज्ञा जिल्लामा जारी छ । यो भन्दा अगाडी थपिएको निषेधाज्ञाको समय आईतवार राति १२ बजे सकिदै छ ।

हाल जिल्लाभित्र सार्वजनिक सवारी साधन जोर बिजोर रुपमा सञ्चालन भईरहेका छन् । स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्डको पालना गरि सबै प्रकारका पसलहरु बिहान ६ बजे देखी १२ बजेसम्म र बेलुका ४ बजेदेखी ८ बजेसम्म खोल्न दिईएको छ । होटेल, रेष्टुडेन्ट, चियानास्ता पसलको हकमा बिहान ८ बजेदेखी साँझ ८ बजेसम्म होम डेलिभरीबाट सेवा दिन पाउँने व्यवस्था गरिएको छ ।

Shaileshwori
Loading...