जिल्ला प्रशासन कार्यालय डोटीको छड्के अनुगमन : ७ सवारीसाधन कार्वाहीमा

डोटी : सवारीसाधनबाट यात्रु ठगिन थालेपछि जिल्ला प्रशासन कार्यालय डोटीले छड्के अनुगमन थालेको छ । कोभिड–१९ को महामारीका बेला यात्रु मारमा परिरहेका गुनासो बढेपछि सुक्रवार र सनिवार गरिएको अनुगमनमा ५ हाईस र २ बस गरी ७ सवारी साधन कार्वाहीमा परेको छन् । निषेधाज्ञा उलंघन गरेका ४ र यात्रुलाई टिकट नदिएका ३ सवारीसाधन कार्वाहीमा परेका हुन् ।

Sayalb

निषेधाज्ञा उलंघन गरेका सवारीसाधनलाई पाँच हजार र यात्रुलाई टिकट नदिने सवारी साधनलाई एक हजार पाँच सय जरिमाना तिराईएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो ।

त्यस्तै डोटीबाट धनगढीका लागि छुट्ने केही सवारीसाधनले प्रति व्यक्ति भाडादर पाँच सय ५० रुपैयाँ भन्दा बढी भाडा लिएको पाइएको छ । पहिलो पटक यस्तो भेटिएकाले सामान्य जरीवाना र भाडा फिर्ता गर्न पठाईएको बताईएको छ ।

Shaileshwori
Loading...