जिल्ला प्रशासन कार्यलय डोटीले गर्यो पत्रकार भेटघाट कार्यक्रम

तेजु ओली/डोटी

जिल्ला प्रशासन कार्यालय डोटीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएकोे छ । जल्दाबल्दा समसामयिक विषयमा बुधवार जिल्ला प्रशासन कार्यालय डोटीमा प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जिल्लामा त्रियाशिल पत्रकारसंग भेटघाट कार्यक्रम आयोजना गर्नुभएको हो । भेटघाट कार्यक्रममा पत्रकारले ट्राफिक नियमको उलंघन, कोराना नियन्त्रणमा प्रशासनको भुमिका, केहि समय पहिले बरामत गरेको सुनको अवस्था, बजार अनुगमन, लगायतका विषयमा प्रश्न गरेका थिए । साथै सुचनालाइ प्रभावकारी बनाउन पनि प्रशासनलाइ सल्लाह दिएका छन् ।

Sayalb

उक्त भेटघाटमा बोल्दै प्रहरी कार्यालय डोटीका प्रमुख दान बहादुर मल्लले प्रहरी अभावका कारण सुरक्षा व्यवस्था त्यति चुस्त दुरुस्त बनाउन नसकेको बताउनुभयो । स्थानीय तहले पनि जिम्मेवारी पाएको भएता पनि बन्दाबन्दीमा बजार अनुगमन प्रभावकारी नदेखिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । ग्रामीण क्षेत्रमा बजार अनुगमन गर्ने तिब्र इच्छा हुदा पनि कर्मचारीको अभाव र स्थानीय तहले चासो दिन नसकेको कारण प्रभावकारी बनाउन नसकेको जोशीको भनाई छ ।

क्वारेन्टिन आइसुलेसन बनाउने जिम्मा स्थानिय तहको भएता पनि आफ्नो जिम्मेवारी स्थानिय तहले निर्वाह गर्न नसकेको कार्यक्रममा उठेका कुरामा सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो । प्रशासन कार्यालयले गरेको बन्दाबन्दीले कोरोना नियन्त्रण गर्न केहि हद सम्म सहयोग भएको र प्रभावकारी बनाउनको लागि प्रहरी प्रशासन निरन्तर लागेको बताउनु भयो ।

Shaileshwori
Loading...