बोगटान फुड्सिल गाउँपालिकामा तिन दिने महिला शसक्तिकरण सम्बन्धी तालिम सुरु

डोटी : बोगटान फुड्सिल गाउँपालिकामा महिला शसक्तिकरण र छाउपडि प्रथा सम्बन्धी तिन दिने तालिम सुरु भएको छ । अझै पनि महिलाहरु चुलोचौकोमै सिमित भएको पाईन्छ । घरायसी काममा मात्रै नअल्झिउन्, महिलाहरु पनि नेतृत्व तहमा पुग्नुपर्छ भन्ने उदेश्यले गाउँपालिकाले तिन दिने तालिमको आयोजना गरेको हो ।

बुधवार तालिमको एक कार्यक्रमा बिच गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले उद्घाटन गर्नुभएको हो । तालिममा पहिलो दिन ३३ जनाको सहभागिता रहेका र दोस्रो तेस्रो दिन अझै बढ्न सक्ने बताईएको छ । शान्त बहादुर खड्काले प्रशिक्षण दिइरहनुभएको गाउँपालिकाले जनाएको छ ।

Sayalb

गाउँपालिकाले महिला शसक्तिकरण र छाउपडि प्रथा सम्बन्धी विभिन्न कार्य गरिरहेको पालिका अध्यक्ष गड्सिलाले बताउनुभयो । महिलाहरुको समय बचत होस्, चुलोचौकोबाट माथि उठ्न सकुन भनेर खरको घरमा जस्तापाता वितरण, कुटानि पिसानीको लागि मिल वितरण लगायतका कार्यलाई निन्तरता दिएको अध्यक्ष गड्सिलाले बताउनु भयो । छाउपढी प्रथाको अन्त्यको लागि पनि पालिका लागि परेको उहाँले बताउनुभयो ।

Shaileshwori
Loading...