पुर्विचौकी गाउँपालिकाले ६४ जना स्वयमसेविकाहरुलाई सम्मान गर्यो

डोटी : पुर्विचौकी गाउँपालिकाले स्वयमसेविकाहरुलाइ प्रोत्साहन स्वरुप सम्मान गरेको छ । बुधवार उपाध्यक्ष सँग स्वयमसेविका कार्यक्रम अन्तर्गत एक कार्यक्रमका बिच पालिकाका ६४ जना स्वयसेविकाहरुलाइ सम्मान गरिएको हो ।

Sayalb

स्वयमसेविकाहरुले समाजमा विभिन्न काम गर्दै आईरहेकाले उनिहरुको मनोवल बढाउनको लागि भएपनि सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष निर्मला देवि साउदले बताउनुभयो । गाउँपालिकाले सम्मान गरेपछि स्वयमसेविकाहरु खुसी भएका छन्, सम्मानले थप कार्य गर्ने हौसला मिलेको उनिहरुको भनाई छ ।

स्वयमसेविका सम्मान कार्यक्रमको अध्यक्षमा गाउँपालिकाका उपाध्यक्ष निर्मला देवी साउद, प्रमुख अतिथीमा गाउपालिकाका अध्यक्ष दिर्घराज बोगटी तथा अतिथी वडा नम्बर ४ का वडा अध्यक्ष नवराज खडका लगायत रहनुभएको थियो ।

Shaileshwori
Bolpatra
Loading...