सवारी साधनमा लगाईएको जोरविजोर प्रणाली हटाईयो
डोटी : डोटी जिल्लामा सवारी साधनमा लगाईएको जोरविजोर प्रणाली हटाईएको छ । अव सबैखाले सवारीसाधन जिल्ला भित्र सहजरुपमा सञ्चालन गर्न पाउने भएका छन् । सवारी साधनमा लगाईएको जोरविजोर प्रणाली बिहिवार देखि नै लागु गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताउनुभयो ।
सवारी साधनमा लगाईएको जोरविजोर प्रणाली हटाईए पनि पार्टी प्यालेस, जिमखाना, स्विइमिङपुल, सभा सम्मेलन, मेला महोत्सव, शैशिक संस्था, लगायत भिडभाड हुने सबै प्रकारका कार्यहरुमा लगाईएको रोक भने कायमै रहेको छ । पसलहरु विहान ६ बजेदेखी बेलुका ८ बजेसम्म सञ्चालन भइरहेका छन् ।
होटेल, रेष्टुरेन्ट चिया खाजा पसलहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरि सञ्चालन गर्न भनिएको छ । जिल्लामा बैषाख २१ गतेदेखि लागु भएको निषेधाज्ञा जारी छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको समय असार मसान्तसम्म लागु हुने छ ।