बोगटान फुड्सिल गाउँपालिकाले ७० जना बालबालिकालाइ विभिन्न सामग्री वितरण गर्यो

डोटी : बोगटान फुड्सिल गाउँपालिकाले गाउँपालिका भित्र रहेका अति बिपन्न, टुहुरा बालबालिका ( विद्यार्थी ) हरुलाइ विभिन्न सामाग्री वितरण गरेको छ । बिहिवार एक कार्यक्रमका बिच पालिका अध्यक्ष कमल बहादुर गड्सिलाले ७० जना बालबालिकाहरुलाइ विभिन्न सामग्री वितरण गर्नुभएको हो ।

Sayalb

प्रत्यक विद्यार्थीलाई एक जोर कपडा, एक झोला, ६/६ कपी र डड्पेन, एक औजार बक्स र एक हजार नगद दिइएको स्थानिय कमल बमले जानकारी दिनुभएको छ । सामग्री वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष गड्सिला, प्रमुख प्रशासकिय अधिकृत शंकर सुचिकार, सात ओटै वडाका वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

Shaileshwori
Loading...