नेपाल शिक्षक महासङ्घ डोटी विभिन्न माग सहित आन्दोलित

तेजु ओली/ डोटी

नेपाल शिक्षक महासङ्घ डोटीले विभिन्न माग राख्दै धर्ना सहित ज्ञापनपत्र बुझाएको छ । शुक्रवार शिक्षा र विद्यालयका शिक्षक कर्मचारीका समस्यामालाइ समाधान गर्न भनि विभिन्न ३४ माग सहित शिक्षा विकास तथा समन्वय इकाइ डोटीलाइ ज्ञापनपत्र बुझाएको हो ।

उक्त ज्ञापनपत्रमा कोभिड सङक्रमणले देश आक्रान्त भएको बेला सँधै ठूलो समूहमा बस्नु पर्ने शिक्षक, विद्यालय कर्मचारी र विद्यार्थीका लागि कोभिड विरुद्धको खोप दिने कुरामा सरकारले प्राथमिकता दिनु पर्ने, सङ्घीय शिक्षा ऐन जारी हुनु पर्ने, लामो समयदेखि न्यून तलवमा काम गरिरहेका विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलव बृद्धि हुनु पर्ने लगायतका माग सहित धर्ना बसेको नेपाल शिक्षक महासंघ डोटीका अध्यक्ष संकर कठायतले बताउनुभयो ।

Sayalb

कम भन्दा कम तलबमा शिक्षक हरुले काम गर्नु पर्दा दैनिक जिबिका चलाउन पनि असहज भएको छ । कसैले कम त कसैले बेतलबि काम गर्नु पर्ने बाद्यात्मक अवस्थाको अन्त्य हुनुपर्ने माग सहित कार्यक्रममा सहभागि भएको सिलादेबी स्कुलका बाल शिक्षिका हेमा बोहोराले बताउनुभयो । त्यस्तै सरकारले तोकेको न्युनतम तलब आफुहरुले पाउनु पर्ने र प्रयाप्त सेवासुविधा हुनु पर्ने अर्का शिक्षक राज बहादुर बडैलाको भनाई छ ।

शिक्षक महासंघ डोटीका अध्यक्ष संकर कठायतले मागहरु सम्बोधन नभएसम्म शिक्षकहरुले आन्दोलनका कार्यक्रमलाइ निरन्तरता दिने चेतावनी दिनुभएको थियो । ज्ञापनपत्र बुझ्दै जिल्ला शिक्षा बिकास तथा समन्वय इकाइ डोटीका प्रमुख दिपक कलौनीले शिक्षकहरुका मागलाइ अध्ययन गरेर समबन्धीत निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

Shaileshwori
Loading...