डोटीमा कार र मोटरसाइकल ठोक्किदा दुई जना घाईते

डोटी : कार र मोटरसाइकल एकआपसमा ठोक्कीदा दुई जना घाईते भएका छन् । जिल्लाको जोरायल गाउँपालिका-२ बुडर प्रहरी चेकपोष्ट अघाडी सनिवार दिउँसो ४ बजेतिर कञ्चनपुरको महेन्द्रनगरबाट डडेल्धुरा जाँदै गरेको बा १४ च ७०६३ नम्बरको कार र जोरायल गाउँपालिकामा रहेको छहरा झरना अवलोकन गरी धनगढीतर्फ फर्किरहेको बा ७५ प ७१० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्कीदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मोटरसाइकल चालक धनगढी उप-महानगरपालिका-१३ राजपुर, कैलालीका १८ वर्षिय निरज पुजारा र मोटरसाइकलमै सवार धनगढी उप-महानगरपालिका-३ विशालनगर, कैलालीकी १६ वर्षिया दिक्षा भट्टराई घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सुचना अधिकारी रबिन्द्र चन्दले जानकारी दिनुभयो । सामान्य चोटपटक लागेको र घाइते दुबै जनाको हेल्थ डेस्कमा उपचार भईरहेको चन्दले बताउनु भयो । घाइते पन्तको बायाँ खुट्टा र भट्टराईको दाहिने हातमा चोट लागेको छ । कञ्चनपुरका ४४ वर्षिय कारमा चालक राजेन्द्र थापा सहित पाँच जना सवार रहेका थिए । कारमा सवार सबै जनाको अबस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
