अर्थराज्य मन्त्री गहतराजको डोटीमा भव्य स्वागत

प्रेम नेपाली/डोटी
सुदुरपश्चिम प्रदेश सरकारका अर्थराज्य मन्त्री अर्चना गहतराजको डोटीमा भव्य स्वागत भएको छ । प्रदेश सरकारको अर्थराज्य मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला डोटी आउँदा गहतराजको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी कार्यालयमा स्वागत सहित बधाई तथा सुभकामना व्यक्त गरेको नेकपा (एमाले) डोटी जिल्ला अध्यक्ष चक्र मल्लले बताउनुभयो ।

Sayalb

मन्त्री गहतराजले आफुले अर्थराज्य मन्त्रालयको जिम्मेवारी पाउने बित्तिकै बजेट बिनियोजन गर्ने अवसर प्राप्त भएको र आफु डोटीबाट प्रतिनिधित्व गर्ने भएकोले पनि विषेश गरि डोटी जिल्लाको समग्र विकासका लागि सकेसम्म सबै वर्ग क्षेत्र तथा समुदायलाई समेटिने गरि आफुले बजेट बिनियोजन गरेको बताउनुभयो । आर्थिक वर्ष ०७८/०७९ का लागि प्रदेश सरकारले विषेश गरि शिक्षा, स्वास्थ, कृषि, यातायात, खानेपानी, रोजगारी आदिलाई पहिलो प्राथमिकतामा राखेको उँहाको भनाइ थियो ।

नयाँ आर्थिक वर्षमा गरिब तथा न्यून वर्गका ब्यक्तिहरु, रोजगारी गुमाएर समस्यामा परेका व्यक्तिहरुलाई स्वरोजगार कार्यक्रममा जोड्न र युवाहरुलाई विना धितो ३ देखि १० लाख सम्म ऋण उपलब्ध गराउन एक अर्ब बजेट छुट्याइएको मन्त्री गहतराजले जानकारी दिनुभयो । साथै कोरोना रोग नियन्त्रण तथा व्यवस्थापनको लागि पनि प्रदेश सरकारले एक अर्ब बजेटको व्यवस्था गरेको उँहाको भनाइ थियो ।

Shaileshwori
Loading...