सायल गाउँपालिकामा एक घर भत्किदा दुई बाख्रा च्यापिए
डोटी : आईतवार विहान देखी परेको लगातार पानिले डोटीमा घर भत्किदा दुई बाख्रा पुरीएका छन् । साढे १२ बजेको समयमा जिल्लाको सायल गाउँपालिका–१ कौरडी गैतोलाका धौल्या दमाईको दुई तले घरको भित्ता भत्किदा गोठमा रहेका दुई बाख्रा च्यापिएर मरेको प्रहरीले बताएको छ ।
अहिले घटना स्थलमा अस्थायी प्रहरी पोष्ट छपालिबाट प्रहरी सायक निरिक्षक रामदत्त पन्तको कमाण्डमा तिन जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता रबिन्द्र चन्दले बताउनुभयो । मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । दमाईको दश जना सदस्यको परिवार छ । घर भत्किएपछि अर्काको घरमा आश्रय लिनुपर्ने अवस्था आएको दमाईले बताए ।
यस्तै शनिवार साँझ ७ बजेतिर जिल्लाको बडीकेदार गाउँपालिका–१ गुजैलका धन बहादुर कलेलको घर भत्किएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घर भत्किदा र घरभित्र रहेका लत्ताकपडा, अन्नपात र भाडावर्तनमा क्षति पुगेको छ ।