डोटीमा जंगली च्याउ खाँदा ३ जना बिरामी

डोटीमा बिषालु जंगली च्याउ खादा तीन जना बिरामी परेका छन् । बिषालु च्याउ खादा जिल्लाको शिखर नगरपालिका-५ तिजालीका १० वर्षीय रमेश साउद, ६ वर्षीय महेश साउद र ७ वर्षीय आदित्य ताम्राकार बिरामी परेका हुन् ।

Sayalb

शुक्रबार गोठालो गएका बेला उनिहरुले बिषालु च्याउ खाएको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता रवीन्द्र चन्दले बताउनु भयो । बिरामी तिनै जनाको दिपायल राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भईरहेको छ । अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Shaileshwori
Loading...