डोटीमा सर्पको टोकाइबाट एक जना घाईते

डोटी : सर्पको टोकाइबाट डोटीमा एक जना घाईते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका-७ का १९ वर्षीय टेक बिष्ट सर्पको टोकाईबाट घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता रबिन्द्र चन्दका अनुसार शनिवार बिहान घरबाट खेतमा जाने क्रममा बिष्टलाई सर्पले टोकेको हो । बिष्ट सुजङ्ग अस्पताल राजपुर डोटीमा उपचार भईरहेको छ ।

उनको बायाँ खुट्टामा सर्पले टोकेको र अवस्था सामान्य रहेको अस्पतालले बताएको छ ।

Shaileshwori
Loading...