भिम रावलद्धारा प्रतिनिधी सभा सदस्यबाट राजिनामा

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजिनामा दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिने माघब नेपाल समुहको निर्णय आए लगत्तै रावलले राजिनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ ।
अछामबाट नेकपा एमालेका सांसद पदमा प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागि नहुने बताए । ‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनमा दर्ता गर्न आएको छु’, सिंहदरबार स्थित संसद सचिवालयबाट रावलले भने ‘म राजीनामा दिन्छु।’

शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि उनले पदबाटै राजीनामा दिएका हुन्। उनी संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा थिए।
