रावलको राजीनामा प्रति झाँक्रीको टिप्पणी : हतियार फालेर संविधान जोगिँदैन

काठमाडौं प्रतिनिधिसभा सांसद रामकुमारी झाँक्रीले नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सांसद् पदबाट दिएको राजीनामा व्यक्तिगत भएको बताएकी छन्।

आफ्नो समूहमा कुनै बिग्रह नआएको भन्दै झाँक्रीले रावलले राजिनामा दिएर संविधान नजोगिने बताइन्। हतियार फालेर संविधानको रक्षा नहुने उनको तर्क थियो।
रावलले प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि राजिनामा दिएका हुन्। उनी नेकपा एमालको विवाद समाधानका लागि विगठित कार्यदलमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट संयोजक रहेका थिए।
