तीन दिनदेखिको लगातारको वर्षाका कारण बाटो अबरुद्ध

तेजु ओली /डोटी
तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, सम्म को बाटो अबरुद्ध भएको छ । सिलगढी देखि दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने नया बन्दै गरेको सडक अवरुद्ध भएको हो। उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि मानिसलाई आवतजावत गर्न यातायात सञ्चालन गर्न समस्याले जिल्ला सदरमुकाम सिलगढी आवतजावतमा समस्या भएको छ। पहिरोले सडक अवरुद्ध गरेपछि बिरामीलाई जिल्ला अस्पताल लैजानदेखि गाउँमा अत्यावश्यक सामग्री ढुवानी गर्नसमेत समस्या भएको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका उदय सिंह साउदले बताउनुभयो।

यसैगरी उक्त पहिरोले खानेपानीको मुहानका पाइपलाइन बगाएकाले सिलगढी बजारमा तीन दिनदेखि खानेपानीको हाहाकार भएको सिलगढी खानेपानी उपभोक्ता समितिका प्रमुख रामचन्द्र धामीले जानकारी दिए। उनका अनुसार पहिरोले बगाएको खानेपानी मर्मतका लागि कर्मचारी खटिए पनि ठाउँ–ठाउँमा पहिरो गएकाले मर्मत गर्न सकिएको छैन।पहिरो पन्छाइ अवरुद्ध सडक मा सामन्य बाटो बनायर आवत जावत भए पनि यातायात सञ्चालनका लागि कुनै पनि निकायबाट पहल नभएको भन्दै यहाँका नागरिक आक्रोशित बनेका छन्।
