सिलगढीमा १४ घण्टा देखि विद्युत सेवा अवरुद्ध

डोटी : जिल्ला सदरमुकाम सिलगढी क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत सेवा अवरुद्ध हुदा यहाँका उपभोक्ता मारमा परेका छन् । आईतबार राति साढे १२ बजेदेखी अवरुद्ध भएको विद्युत सेवा १४ घण्टा बितिसक्दा पनि सुचारु हुन सकेको छैन् । दिपाय सिलगढी नगरपालिका–५ बागठाटा देखि सिलगढीको शैलेश्वरी मन्दिरको विचमा पर्ने लाईनमा फन्ट देखाईरहेको नेपाल विद्युत प्राधिकरण दिपायल सव स्टेशन कार्यालयले जनाएको छ ।

Sayalb

विद्युत अवरुद्ध भए देखि अहिलेसम्म ३ पटक त्यो लाईनमा जाँच गरिसकेको भएपनि समस्या पत्ता लगाउन नसकिएको नेपाल विद्युत प्राधिकरण दिपायल सव स्टेशन कार्यालयल प्रमुख कपिल जोशीले बताउनुभयो । अवरुद्ध विद्युत सेवा मर्मतका लागि प्राविधिक टोलीले काम गरिरहेको उहाँले बताउनुभयो ।

विद्युत सेवा अवरुद्ध हुँदा सरकारी कार्यालयहरुको कामकाज प्रभावित हुनुका साथै उद्योगधन्दा, दैनिका कामकाजका, घरायसी काम लगायत सञ्चार माद्यमहरुमा समेत बाधा पुगेको छ । विद्युत सेवा अवरुद्ध हुने समस्या धेरै पहिला देखिको भएको र यसको समाधानका लागि सम्बन्धित निकाय संवेदनशिल नबनेको भन्दै स्थानिय समाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै विरोध गरिरहेका छन् ।

Shaileshwori
Loading...