२७ किलो गाँजाको बोरा बोकेर भारत पस्नै लाग्दा यसरी पक्राउ परे एक जना
साउन १२ –
पर्सा प्रहरीले २७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टोलीले मङ्गलवार दिउँसो पटेर्वासुगौलीको गाउँपालिका वडा नम्बर ४ बाट गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही गाउँपालिका ४ का ६५ वर्षीय वासुदेव माझी छन् । उनी गाँजाको बोरा बोकेर हिँडिरहेका थिए।
बिहान झिसमिसै गाँजाको बोरा बोकेर उनी भारततर्फ जान लागेको आशङ्का गरिएको छ । माझीलाई हिरासतमा लिएर लागु औषध सम्बन्धी मुद्दामा अनुसन्धान थालिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।