वृद्धाआश्रममा खिर खुवायर बनायो साउन पन्द्र मिशन टु सपोर्टले

डबल बम-मिशन टु सपोर्ट परिवारले श्रावण १५ अर्थात शुक्रबार खिर खाने दिनको शुभ अवसरमा काठमाडौं कलङ्की को वृद्धा आश्रममा रहनु भयका बृद्धहरू लाई खिर खुवाएर बनाएको छ।

वृद्ध आश्रममा बस्दै आएका तिन दर्जन बढीलाई खिर खुवाएका छ। आफ्ना सन्तान बाट तिरस्कार, घृणा पाएका तथा उचित स्याहारसुसार नपाएका वर्षौंदेखि वृद्ध आश्रममा बस्दै आएका वृद्ध आमाहरुलाई खिर खुवाएको हो । कतिपय आमाहरुले आफ्नै सन्तानले घरबाट निकाले जस्को कर्तव्य थियो तर तिमिहरु सँग कुनै नाता थिएन ,आज यसरी खिर खुवायौँ भन्दै आँखामा आँसु झार्दै मिसन टु सपोर्टका सदस्यहरुलाई धन्यवाद दिनुभएको थियोे ।

Sayalb

मिसन टु सपोर्टका काठमाडौं जिल्ला का एक सदस्यले हामीले यस्ता थुप्रै सामाजिक काम गरिरहेका छौँ तर आज यी वृद्ध आश्रमका आमाहरुलाई खिर खुवाउन पाउँदा निकै खुसि महशुस गरेको बताउनु भयो । साथै उहाँले वृद्ध आश्रममा छोडिएका ती असाह्य आमाका सन्तानले हाम्रो यो कामलाई देखेर पश्ताचाप महशुश गर्ने बताउनु भयो । साथै समाजका अन्य युवापिढिले पनि केही सिक्ने कुरा बताउनु भयो ।

जहाँ लाग्छ नेपाली लाई नेपाली लाई चोट त्यहाँ पुग्छ मिशन टु सपोर्ट झझ भन्ने मुल नाराका साथ स्थापना गरिएको एस मिशन टु सपोर्टले समाजमा घट्ने सबै किसिमका दैबिक प्रकोप , बिपत्ति परेका लागि राहत तथा अन्यायमा परेका पिडितका लागि आवाज उठाउने तथा रक्तदानका कार्यक्रम गर्दै आएको छ ।

Shaileshwori
Loading...