बढ्दै छन् सम्बन्ध बिच्छेदका घटना


गणेश मौनी साउन १८, डोटी
डोटीजिल्लामा पछील्लो केहीवर्ष यता सम्बन्ध बिच्छेदका घटनाहरु बार्षिक रुपमा बढ्ने गरेका छन् ।
जिल्लाअदालत डोटीले दिएको जानकारी अनुसार डोटी जिल्लामा पछील्लो तिनवर्षको तथ्यांक हेर्दा बढेको पाईएको हो । आर्थिक वर्ष २०७५।७६ मा १९ वटा सम्बन्ध बिच्छेदका घटनाहरु दर्ता भएकाथिए । त्यस्तै आर्थिक वर्ष २०७६।०७७मा १९ र आर्थिक वर्ष २०७७।०७८ मा बढेर २५ वटा घटनाहरु दर्ताभएको देखिन्छन् ।
तिनवर्षको तथ्यांकलाई आकलनगर्दा उमेर समुहकाआधारमा हेर्दा सबै भन्दा बढी २० देखि ३५ उमेर समुहकामहिला पुरुषहरुको संख्याअत्यधीक रहेको पाईन्छ । जसमापुरुषभन्दामहिलाको तर्फबाट बढी घटनाहरु दर्ता हुने गरेको देखिन्छ ।
आर्थिक वर्ष २०७७।०७८ मा हेर्दा जम्मादर्ता भएका २५ घटनाहरु मध्य १४ वटा घटना महिलाहरुको तर्फबाट दर्ता भएका छन् भने ११ वटा घटनाहरुपुरुषहरुको तर्फबाट दर्ता भएको देखिन्छ । उमेर गतकिसीमले हेर्दा २० देखि ३० वर्ष उमेर समुहका १५ वटा घटना र ३० वर्ष भन्दामाथिकाउमेर समुहका १० वटा घटनादर्ताभएका छन् ।
पछील्लो समयमाविभिन्नकारणले गर्दा सम्बन्ध बिच्छेदका घटनाहरु बढ्ने गरेको अधिबक्ता कैलाश साउद बताउन्छन् । उनि भन्छन् सम्बन्ध बिच्छेदका घटनाहरु बढ्नुमामुख्यकारण अपरिपक्को उमेरमा बिबाहहुनु, पारिवारीक ब्यवस्थापनमा ध्यान नदिनु, श्रीमान बैदेशीक रोजगारमा बिदेश जादाँश्रीमतीलाई शहरी क्षेत्रमा राख्नखोज्ने परिपाटीले घटनाहरु बढने गरेको बताए ।
सम्बन्ध बिच्छेदका घटनाहरु बढ्नाले सामाजिक कुरुतीको रुपमाबिकास हुन सक्ने खतरा बढ्ने गरेको जिल्ला समन्वय समिति डोटीकी उपप्रमुखशशीशोपले बताईन् । उनले भनीन् सम्बन्ध बिच्छेदको लागियहीकारण मात्रहो भन्ने छैन तर पनि पछील्लो समयमा हेर्दा महिला र पुरुषको एकै प्रकारको पारिवारीकअवस्थानहुनु, सानै अपरिपक्को उमेरमाबिबाहगर्नु, बेरोजगार हुनु, श्रीमानको शहरको र श्रीमतीको गाउँको बसाई र सामाजिक संजालको दुरुपयोगकाकारण घटनाहरु बढ्ने गरेको बताईन् ।
छोरा मान्छेहरु बैदेशीक रोजगारमा जादाँ पारिवारीक ब्यवस्थापन ध्यानन दिने, सामाजिक संञ्जालको दुरुपयोग, सानै उमेरमाबिबाहकाजस्ता कारणले सम्बन्ध बिच्छेदका घटनाहरु बढ्ने गरेको डोटी जिल्लाकी सहयकप्रमुखजिल्लाअधिकारी किरण जोशीले बताईन् । उनले जोकोहीले बिबाहगर्नु भन्दा सम्बन्ध टिकाउने कुरा महत्वपूण रहेको समेत बताईन् ।
सम्बन्ध बिच्छेदका घटनाहरुमा कमील्याउन परिपक्को उमेरमाबिबाहगर्ने, पारिवारीकब्यवस्थापनमाध्यानदिने, सकारात्मक सोचको बिकास गर्ने, श्रीमान र श्रीमतीले एक अर्कालाई पूर्ण रुपमाविश्वास लिने जस्ता कारणले कमीहुन सक्ने सामाजिकअभियान्ताहरु बताउन्छन् ।
