प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गर्ने बझाङका एक जना पक्राउ

डोटी : प्राविधिक प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा बझाङका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्मा गाउँपालिका–३ बस्ने २० वर्षीय करन बिसि रहेका छन् ।

Sayalb

सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा प्राविधिक प्रहरी जवान पदको अन्तर्वार्ता परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको खुलेपछि शुक्रबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता रविन्द्र चन्दले बताउनुभयो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय डोटी ल्याइएको सहायक प्रवक्ता चन्दले बताउनुभयो ।

Shaileshwori
Loading...