डोटीबाट सरकारी डोल बडिमालिका प्रस्थान, कोरोनाको बेवास्ता गदैँ सयौँको उपस्थिति

डोटी : डोटीबाट बाजुरा जिल्लामा रहेको बडिमालिका मन्दिरका लागि एक सरकारी डोल गएको छ । जनै पूर्णिमाको दिन लाग्ने मेलाका लागि उक्त डोल जिल्ला प्रशासन कार्यालय डोटीले सिलगढीबाट पठाइएको हो । सिलगढीमा रहेको रुद्रध्वज गणको सैनिक टोली तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले शैलेस्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारीसहितको सरकारी डोल बाजुरमा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गरेको हो ।

राणाकालदेखि जिल्ला प्रशासन कार्यालय सिलगढीमा पूजाआजा गरी विधिवतरूपमा सरकारी कर्मचारीले डोल लैजाने चलन रहँदै आएअनुसार नै जिल्ला प्रशासन कार्यालय डोटीले डोल बडिमालीका पठाएको हो ।

जिल्लामा कोरोना संक्रमण दर कम गर्न भन्दै यही बैषाख २१ गतेदेखी निषेधाज्ञा जारी छ । प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा भिडभाड नगर्न तथा २५ जना भन्दा बढी जम्मा नहुन भनेको छ । तर बडिमालिका मन्दिरका लागि सिलगढीबाट डोल पठाउने क्रममा सयौँको भिडभाड देखियो ।

Sayalb

परम्परा जोगाउनको लागि थोरै संख्यामा डोल पठाउने तयारी गरेको भएपनि पछिआएर सर्वसाधारणको भिडभाड बढेको जिल्ला प्रशासन कार्यालय डोटीले बताएको छ । “अघिल्लो वर्ष पठाईएको रहेछ यो वर्ष पनि डोल पठाउनु पर्छ भन्ने कुरा आयो, प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले भन्नुभयो, मलाई त थाहाँ पनि थिएन यति धेरै मान्छेहरु जम्मा हुन्छन् भन्ने, थाहाँ भएकाहरुले जानकारी गराउनु पथ्र्यो ।”
धार्मीक आस्था बोकेकाहरु कार्यक्रममा सहभागी भएको उहाँले बताउनुभयो । “आईसकेपछि फर्काउने कुरा आएन, कार्यक्रम स्तगित गर्ने कुरा पनि आएन पौडेलले भन्नुभयो, यस्तो भिडभाड होला भन्ने हामीले अनुमान गर्न सकेनौँ, हामीले सोचे भन्दा पढि भिडभाड भयो ।”

नेपालमा तेस्रो चरणको कोरोना महामारी फैलन सक्ने अवस्थामा ठुँलो भिडँभाड भएपछि सामाजिक सञ्जालमा पनि टिकाटिप्पणी हुन थालेको छ । भिडभाडमा एक जनामा पनि कोरोनाको संक्रमण भएको अवस्था अन्य धेरै मानिसलाई संक्रमण हुन सक्छ ।

Shaileshwori
Loading...