डोटीका दुइ स्थानीय तहका महिला जनप्रतिनिधिका लागि क्षमता अभिबृद्धी सम्बन्धि तालिम सुरु 

तेजु ओली/डोटी
मानव अधिकारको लागी महिला एकल महिला समूह डब्लु एच आर डोटीको आयोजनामा दिपायल सिलगढी नगरपालिका र पुर्बिचौकी गाउँपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुका लागी ३ दिवसिय नेतृत्व विकास तथा क्षमता अभिबृद्धी तालिमको उद्घाटन गरिएको छ । आज दिपायल सिलगढी नगरपालिका वडा नं ४ दिपायलको एक होटेलमा दुइ स्थानीय तहका सबै महिला जनप्रतिनिधिको लागि समाजिक क्षेत्रमा काम गर्न सहज होस भन्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरेको कार्यक्रमम अधिकृत लक्ष्मी बमले जानकारी दिनुभएको छ ।

Sayalb

कार्यक्रमका प्रमुख अतिथि तथा सुदुर पश्चिम प्रदेशका समाजिक विकास मन्त्री लाल बहादुर खडकाले आफ्नो मन्त्रालय र व्यक्तीगत रुपमा महिलाको सामाजिक राजनितिक आर्थिक जस्ता क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । दिपायल दिपायल सिलगढी नगरपालिकाका प्रमुख मन्जु मलासीको अध्यक्षता, सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरेको थियो ।

Shaileshwori
Loading...