उपाध्यक्ष बोहराको ब्यक्तिगत सहयोगका कारण १ सय ४ जनाले नागरिकता पाए

डोटी : बडीकेदार गाँउपालिकाकी उपाध्यक्ष इन्द्रा बोहरा भाटले आफ्नो ब्यक्तिगत रुपमा लगानी गरि १ सय ४ जनाले नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका छन् । उपाध्यक्ष बोहराले बडीकेदार गाउँपालिका वडा नम्बर १ देखि ५ वटा वडाका हाल सम्म नेपाली नागरिकता प्राप्त गर्न नसकेका र नागरिकता हराएका धेरै संख्यामा हुदाँ सबैलाई जिल्ला सदरमुकाम सम्म ब्यक्तीगत रुपमा ल्याउन लैजान र खानबस्नको ब्यवस्था गरे पश्चात नागरिकता प्राप्त गरेका हुन ।
भौगोलीक रुपमा जिल्ला सदरमुकामबाट टाढाँ , कोरोना भाईरस जोखिमका कारण नेपाली नागरिकता प्राप्त गर्न जिल्लामा आउन नसक्ने गरिब असाहे हरुलाई राहात होस भन्ने हेतुले नागरिकता प्राप्त गर्न सहयोग गरेको उपाध्यक्ष बोहरा भाटले बताईन् ।

उनले भनिन् बडीकेदार गाउँपालिकामा नागरिकता नपाएका धेरै थिए जिल्लामा पनि आउन नसक्ने नागरिकता नभएका कारण धेरै काम रोकिएकोले सहयोग गर्न बिभिन्न दिदीबहीनीहरुले आग्रह गरे तत् पश्चात जिल्ला प्रशासन कार्यालय संग नागरिकता बितरण शिबिरको संचालनको लागि कुरा गर्दा कोभिडको कारणले तत्काल सम्भव नहुने जानकारी हुदाँ ब्यवस्थापन गरेर जिल्ला ल्याएको उपाध्यक्ष बोहराले बताईन् ।
आफ्नो छोराको नागरिकता बनाउन आएकी बडीकेदार ३ घागलकी रुपादेबी साउँदले उपाध्यक्ष बोहराले जनहितकारी कार्य गरेको प्रशंसा गरिन । उनले छोराको नागरिकता बनाउन आफै एक्लै आउने हो भने १०,१२ हजार रुपमा खर्च हुन्छन् हामी गरिब मान्छे नागरिकता पनि भयो, आफ्नो खर्च पनि बच्यो । उनि मात्र होईनन् बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीका ७२ वर्षिय सालीभान जेठराले पनि उपाध्यक्षले सामाजिक रुपमा सेवाको कार्य गरेको बताए । उनले भने मेरो नागरिकता हराएको १५, २० वर्ष भैसक्यो उमेरले बृद्ध भत्ता पाउनु पर्नेहो नागरिकता थिएन यस पटक उपाध्यक्षको सहयोगमा नागरिकता पाए ।

उनि मात्र होईनन् नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेका अधिकांश मानिसहरुले जिल्ला सदरमुकाम आउदाँ समेत बिना रुपयाँ नागरिकता प्राप्त गर्न पाउँदा खुसी ब्यक्त गर्नुका साथै हामीलाई योपार्टि त्यो पार्टि नभनी बिना बिभेद सहयोग गरेको देख्दा हामीलाई चाहिने जनप्रतिनिधी चुनेका समेत प्रतिकृया दिए ।

नेपाली नागरिकताको प्रमाणपत्र बनाउन बडीकेदार गाउँपालिका भरि सबै वडाबाट सहभागि रहेका थिए । जसमा ४६ जनाले नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी लिएका छन् भने ५८ जनाले नयाँ नागरिकता लिएका हुन् । जसमा पुरुषको भन्दा महिलाको संख्या बढी थियो । नागरिकता बनाउन आउने हरुका लागि उपाध्यक्षले ३ वटा बस र १ वटा बोलेरो जिब रिर्जव गर्नुका साथै आउने सबैलाई आवत जावत खान बस्नको ब्ययस्था समेत स्वयम उपाध्यक्षले गरेकी थिईन् ।
डोटीको दक्षिण क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिकाका जिल्ला सदरमुकाम सिलगढी बाट ३४,३५ कोण टाढा पर्दछ । नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गर्न जिल्ला सदरमुकाम आउनु पर्ने हुन्छ । एक जनाले नेपाली नागरिकता प्राप्त गर्न आउन कम्तीमा पनि ३,४ दिन लाग्नुका साथै १० देखि १५ हजार रुपयाँ सम्म खर्च हुने गर्दछ ।
उपाध्यक्ष बोहरा २०७४ सालको स्थानिय तहको निर्वाचनमा डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष हुन् ।
