डोटीमा सुरु भयो ‘तपाईको मास्क खोई’ अभियान


डोटीमा ‘तपाईको मास्क खोई’ अभियानसुरु गरिएको छ । कोभिड १९ को तेस्रो लहरलाई मध्यनजर गर्दै संक्रमण नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारद्धारा ल्याईएको ‘नेपाल मास्क अभियान’ अन्तर्गत जिल्ला प्रहरी कार्यालय डोटीले अभियान सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रबिन्द्र चन्द नेतृत्वको टोलि र मातहतका प प्रहरी कार्यालयहरुले सिलगढी, दिपायल, वायल सहित बिभिन्न स्थानमा मास्क प्रयोगका लागी जनचेतना फैलाउने तथा मास्क वितरण गर्नुका साथै मास्क नलगाई हिडडुल गर्ने व्यक्तिहरुलाई सम्झाई बुझाई लगायतका जनचेतनामूलक कार्यक्रमहरु संचालन गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
