बाल संरक्षण समितिका लागि प्रशिक्षण प्रशिक्षक सम्बन्धि दुइ दिने तालिम सुरु

तेजु ओली /डोटी

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा समान पहुँच विकास केन्द्र (सिड नेपाल) डोटीको आयोजनामा डोटीमा बाल संरक्षण समितिका लागि प्रशिक्षण प्रशिक्षक सम्बन्धि दुइ दिने तालिम सुरु भएको छ । जिल्लाका आदर्श गाँउपालीका र पुर्वी चौकी गाउँपालिकाका बाल संरक्षण समितिका पदाधिकारीका लागि दुई दिने तालिम आज दिपायल पिपल्लामा सुरु भएको हो । समाजमा रहेका अति बिपन्न, संकटासन्न, गरिविकोरेखामुनि रहेका बालबालिकालाई सहयो गर्न गठित समितिलाई काम गर्न सहज होस् भन्ने हेतुले उक्त तालिमको आयोजना गरेको संस्थाले जनाएको छ ।

Sayalb

वर्ल्ड भिजन इन्टरनेशनल नेपालले डोटी जिल्लाको भौतिक विकास देखि निति निर्माण तहसम्म सहयोग गर्दै आएको बताउदै आगामी दिनमा बालबालिकाको क्षेत्रमा स्थानीय तहसंग समन्वय गरेर काम गर्ने स्पोन्सरसिप फिल्ड संयोजक गांगी बलायरले बताउनुभयो । त्यस्तै आगामि दिनमा दुबै स्थानीय तहका बालबालिकाहरुको स्वास्थ्य, शिक्षा, आर्थिक लगायत अधिकारका लागि सहयोग गर्ने स्पोन्सरसिप फिल्ड स्पेलिष्ट नारद मलासीले बताए ।

आदर्श गाँउपालीकाका उपाध्यक्ष कमला ओझा, दुबै स्थानीय तहका स्वास्थ्य, शिक्षा, लगायतका बिषयगत साखाका प्रमुख, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...