सिकाई आदनप्रदान कार्यक्रम सम्पन्न
![](https://muluknews.com/wp-content/uploads/2023/06/swasthy-doti.jpg.webp)
नारद नेपाली /डोटी
डोटीको के.आई.सिह गाउँपालीका–७ सलेनामा सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । परिवर्तन परियोजनाद्वारा नागरिक समाज संस्थाका सदस्यहरूको सहभागितामा वडामा रहेका विभिन्न नागरिक समाज संस्था शुसान पठसालाहरूको सहभागितामा सरकारले गरेको माक्स लगाऊ आफु बाचौँ अरुलाई नि बचाउ भन्ने अभियानलाई सफल पार्नका वडामा रहेका विभिन्न समुहका महिलाहरुका बिचमा शुक्रवार कार्यक्रम भएको हो ।
![Sayalb](https://muluknews.com/wp-content/uploads/2024/05/sayalb.jpeg)
कार्यक्रममा कोभिड बाट बाच्न र बचाउन सबैलाई सचेतिकरण कार्यक्रम गराईएको परियोजानाका सामाजिक परिचालक बसन्त बिकले जानकारि दिनु भयो । प्रगतिशिल महिला अधिकार मञ्चका अध्यक्ष भगवती बोहरा बिठारीको अध्यक्षतामा बसेको कार्यक्रममा, प्रमुख अतिथिमा के.आई.सिँह गाउँपालीका–७ का वडा अध्यक्ष हर्क बहादुर विष्ट रहनु भयको थियो । प्रमुख अथितिको आसनबाट बोल्दै महिला दलित जनजातिहरूको समस्यालाई समाधान गर्ने बताउनु भयो । कार्यक्रममा गाउँपालिकाको वडा नम्बर ६ र ७ मा रहेका महिलाहरूले आफुले सिकेका कुराहरू राख्नु भएको थियो ।
![Shaileshwori](https://muluknews.com/wp-content/uploads/2022/09/saileshwori.gif)