डोटीमा भालुको आक्रमणबाट ७३ वर्षिया महिला घाईते

डोटी :  डोटीमा भालुको आक्रमणबाट एक महिला घाईते भएकी छिन् । शुक्रबार राति साढे ९ बजेतिर जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ को ईन्द्रचोक बस्ने ७३ वर्षिया एकमाया श्रेष्ठ भालुको आक्रमण बाट घाईते भएको प्रहरीले बताएको छ ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सुचना अधिकारी प्रहरी निरिक्षक रबिन्द्र चन्दका अनुसार श्रेष्ठ घर देखि करिब १५/२० मिटर टाढा बारीमा घुम्न गएका बेला भालुले आक्रमण गरेको हो । उहाँको दाँया खुट्टा, दाँया हात र टाउकोमा घाउँ लागेको प्रहरी निरिक्षक चन्दले बताउनुभयो । उहाँको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भैईरहेको छ ।

Shaileshwori
Loading...