भोगरे खोला झरनामा आन्तरिक पर्यटक बढ्दै

तेजु ओली /डोटी
डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका ९ कलेना स्थित भोगरे खोला झरनामा आन्तरिक पर्यटक बढ्दै गएका छन् । कोरना भाइरसको जोखिम कम गर्न सरकारले गरेको निषेधाज्ञाका कारण पछिल्लो समय मानिसहरुको आवगमन बढेको छ । प्रचारप्रसारको अभावले ओझेलमा परेको यो झरना दिपायल सिलगढी नगरपालिका वडा नं ९ कलेनाको सङ्गमस्थलमा रहेको छ ।

अग्लो झरना हेर्न तथा झरनाको पानीमा खेल्न र नुहाउन जानेहरुको सङ्ख्या पछिल्लो समयमा वृद्धि भए पनि प्रचारप्रसार कमभएका कारण पर्यटकको रोजाइमा पर्न नसकेको स्थानीय संकर साउदले बताएका छन । जिल्ला सदरमुकाम सिलगढी र दिपायल बजारबाट नजिकै रहेको ‘भोगरे झरना’ प्रचारमा आउन थालेसँगै पछिल्लो समय घुम्न जानेहरुको सङ्ख्यामा वृद्धि हुन थालेको हो । बन्दाबन्दीपछि अहिले चर्चामा आउन थालेको दिपायल सिलगढी नगरपालिका वडा ९ का वडा अध्यक्ष धर्म साउदले बताउनुभयो ।

Sayalb

“पछिल्लो समयमा बन्दाबन्दीका कारण मान्छेहरु कहाँ जाने, कता जाने भइरहेको अवस्थामा झरनामा रमाउन रनुहाउनका लागि धेरै मान्छेहरु आउन थालेका स्थानीय शैलेन्द्र खड्काले बताउनुभयो। उनले भने, “पहिलापहिला कम मात्रामा मान्छेहरु आउने गरेका थिए, पछिल्लोसमयमा सबैले थाहा पाउन थालेसँगै छाँगे झरनामा रमाइलो गर्न आउनेहरुको सङ्ख्या बढ्न थालेको छ । विस्तारै प्रचार हुन थालेपछि गाडी लिएर मान्छेहरु आउन थालेको बताए ।

झरनालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न नगरपालिकाले अध्ययन गरेर तत्कालै यसको थप भौतिका बिकास र प्रचारप्रसार जोडदिने दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी ले बताउनुभयो।

 

Shaileshwori
Loading...