बोगटानमा सङ्गठन बिस्तारमा जुट्यो माओवादी केन्द्र

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बोगटान फुड्सिल कमिटिले बोगटानमा सङ्गठन बिस्तारलाई तीव्रता दिएको छ । सङ्गठन बिस्तारको शिलशिलामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बोगटान फुड्सिल गाउँपालिका वडा नं. ४ सात्फरीमा चक्र बिकको अध्यक्षतामा २३ सदस्यीय कमिटी गठन गरिएको छ । समितिको उपाध्यक्षमा दिर्खबहादुर बोहरा, सचिव रतन बहादुर कामी, कोषाअध्यक्ष बसुन्धरा बम रहनेगरी कमिटि बिस्तार गरिएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष देबबहादुर बोहराले जानकारी दिनु भएको छ ।

माओवादी केन्द्रले हेमन्त बिष्टको अध्यक्षतामा १५ सदस्यीय योङ्ग कम्युनिस्ट लिग (वाईसिएल), अर्जुन बिकको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय दलित मुक्ती मोर्चा, जमान सिंह बमको अध्यक्षमा १४ सदस्यीय किसान सङ्गठन, पबित्रा नेपालीको अध्यक्षतामा ५ सदस्यीय अलिख नेपाल महिला संघ (क्रान्तिकारी) र गगन सिं बिष्टको अध्यक्षतामा अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको अध्यक्षतामा समिति गठन गरिएको छ ।
