जिल्ला प्रहरी कार्यालय डोटीको मास्क लगाऔँ अभियान

तेजु ओली /डोटी
जिल्ला प्रहरी कार्यालय डोटीले मास्क लगाऔँ अभियान सञ्चालन गरिरहेको छ । मंगलवार जिल्लाकै प्रमुख व्यापारिक केन्द्र दिपायलमा कोरोनाविरुद्ध जनस्वास्थ्यका मापदण्ड पालनामा स्थानीयवासीले लापर्वाही गरेको भन्दै अभियान सञ्चालन गरिएको हो ।

Sayalb

कोरना भाइरसको नियन्त्रणमा मास्कको महत्वपूर्ण भूमिका रहने भएकाले हेलचक्य्राइँ नगरि सबैले अनिवार्य मास्क लगाउन सहाय प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । उहाँले मास्क लगायतका स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै निषेधाज्ञालाई थप कडाइका साथ लागु गर्ने चेतावनि समेत दिनुभयो । निषेधाज्ञा खुकुलो पारिएसँगै होटल रेस्टुराँ खुलेपछि साविकको क्षेत्रिय सदरमुकाम दिपायल पिपल्लामा मानिसको आवत–जावत बाक्लिएको छ । राजनीतिक, सास्कृतिक कार्यक्रम तथा भेला आयोजना पनि भईरहेका छन् ।  यद्यपि, जनस्वास्थ्यका मापदण्ड पालना नभएका कारण हुनसक्ने क्षति बाट बच्न मास्कको सहि प्रयोगमा ध्यान दिन जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी दान बहादुर मल्लले बताउनुभयो ।

दिपायल चेक पोष्ट लगायत अन्य प्रहरी पोष्टले अभियान सञ्चालन गरी सार्वजनिक स्थानमा निस्किँदा मास्क अनिवार्य लगाउन अभिप्रेरित गर्न थालेको छ । गाडी चालक सहचालकलाइ समेत तपाईंको मास्क खै ? लेखिएको बेल्ट दिएको छ । हाल डोटीमा ९ जना कोरोना संक्रिय संक्रमित रहेका छन ।

 

Shaileshwori
Loading...