डोटी धिर्कामाण्डौमा माओवादी केन्द्रको वडा कमिटि बिस्तार, कांग्रेस र एमाले छोडेर एक दर्जन माओवादीमा प्रबेश

डोटी नेकपा माओवादी केन्द्र वोगटान फुड्सिल गाउँपालिका वडा नं. ५ धिर्कामाण्डौमा प्रेम नेपालीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा योगेन्द्र वोहरा, सचिव भक्तबहादुर वोहरा, कोषाध्यक्षमा माया खड्का वंम रहनेगरी कमिटि बिस्तार गरिएको हो ।
संगठन कमिटी बिस्तार संगै पार्टीका जनबर्गिय संगठन पनि गठन गरिएको छ । वडा स्तरिय योङ्ग कम्युनिस्ट लिग (वाईसियल), अखिल क्रान्तिकारी महिला संघ, किसान संगठन र राष्ट्रय दलित मुक्तिमोर्चा सहितका ४ जनबर्गिय संगठन समेत बिस्तार गरिएको माओवादी केन्द्रका पालिकाका अध्यक्ष देबबहादुर बोहराले जानकारी दिनु भएको छ ।


योङ्ग कम्युनिस्ट लिग (वाइसियल) खडक वोहराको संयोजकत्वमा १५ जना , अखिल नेपाल महिला संघ क्रान्तिकारीको तुलछा देवि वोहराको संयोजकत्वमा ९ सदस्यीय समिति, किसान संगठनमा हिरा सिं वोहरा को संयोजकत्व मा ९ सदस्यीय समिति, दलित मुक्ति मोर्चा शेर वहादुर वि कको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ । यस्तै नेपाली काँग्रेस वडा सदस्य उमेदवार सान्ता भुल र नेकपा एमाले का वडा सदस्यका उमेदवार गिता नेपाली र देव वहादुर वोहरा सहित एक दर्जन सक्रीय कार्यकर्ता माओवादी प्रबेश गरेका हुन ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) बोगटान फुड्सिल गाउँपालिका ५ नम्बर वडा संगठन कमिटीका अध्यक्ष प्रेम नेपाली को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश कमिटी सदस्य कमलबहादुर गड्सिला, अतिथिमा जिल्ला सदस्य हरू देव वहादुर वोहरा,टेक वहादुर वोहरा गाउ संगठन कमिटी अध्यक्ष देव वहादुर वोहरा रहनु भयको थियो ।
