डोटीको वगलेकमा ४ सय ७२ धुवा रहित फलामे चुलो बितरण

बिक्रम खड्का /डोटी
डोटीको पुर्बिचौकी गाउपालिका वडा नम्बर २ बगलेकमा ४ सय ७२ धुवाँरहित फलामे चुलो वितरण गरिएको छ । मानविय सेवामा अनेकौ प्रयास कैलालि को ८५ लाख बरावरको आर्थिक सहयोगमा उक्त धुवाँरहित चुलो वितरण गरिएको हो । धुवाँले मानव शरिरका विभिन्न अंगमा फोक्सोको रोग, बाल-बच्चालाई निमोनिया, आखामा पनि विभिन्न किसिमका रोग लाग्ने भएकाले उक्त रोगबाट बच्न र घरमा समयपनि बचत र दाउराकोपनि कम खपत हुने र महिला दिदि वहिनीहरु को कार्य वोझमा कमि ल्याउने उद्देश्यले उक्त धुवाँरहित चुलो वितरण गरेको संस्थाका अध्यक्ष तथा समाज सेवि भक्तराज जोसिले वताउनुभयो।
मानवीय सेवामा अनेकौ प्रयास कैलालिका अध्यक्ष भक्तराज जोशिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम का प्रमुख अतिथि पुर्बिचौकी गाउपालिका वडा नम्बर २ का वडा अध्यक्ष योगेन्द्र ठकुल्ला, बिशिस्ट अतिथीमा खप्तड मध्यबर्ती क्षेत्र बिकास समितीका अध्यक्ष राम प्रसाद उपाध्याय, बिशिस्ट अतिथीमा साइन नेपालका कोषाध्यक्ष मेघराज भट्ट रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि को आसन वाट बोल्दै वडा अध्यक्ष योगेन्द्र ठकुल्लाले हामिलाइ सहयो गर्ने संस्थालाइ हृदय देखि सम्मान गर्दै पुरा वडाका सवै टोलका घर धुरिमा चुलो जडान गरि निकट भविष्यमै बगलेकलाइ धुवा रहित वडा घोषणा गर्ने बताउनुभयो।

Sayalb

यस्तै कार्यक्रममा बोल्दै साइन नेपालका कोषाध्यक्ष भट्टले मानविय सेवामा हामि निरन्तर लागि रहेका छौ तपाइँ हरुले यस्को सदुपयोग गरेको देखेमा हामि खुसि हुनेछौ भन्दै धन्यवाद व्यक्त गर्नु भयको थियो भने खप्तड मध्यबर्ती क्षेत्र बिकास समितीका अध्यक्ष राम प्रसाद उपाध्यायले यो धुवाँ रहित चुलोले स्वास्थ्य समाज र स्वच्छ वातावरण मा सहयोग पुर्याइ वनजंगल फडानीमा पनि कमि ल्याउने धारणा व्यक्त गर्नुभको थियो । कार्यक्रममा स्थानिय समाजसेवी, शिक्षक, वुद्धिजीवी, पत्रकार लगायतकाले उपस्थिति थियो भने चुलो वितरण कार्यक्रमको संचालन वडामा कार्यरत सामाजिक परिचालक हरिश विष्टले गर्नुभएको थियो ।

Shaileshwori
Bolpatra
Loading...