सुदूरपश्चिम जनमोर्चा बिद्रोह : लम्साल नेतृत्वमा समानान्तर कमिटि गठन

राष्ट्रिय जनमोर्चा नेपाल सुदूरपश्चिममा बिद्रोह भएको छ । जनमोर्चा एक पक्षधरले प्रदेश नेतृत्व असक्षम भएको भन्दै बिद्रोह गरि प्रदेश पार्टी कमिटि समानान्तर पार्टी कमिटि गठन गरिएको छ । गत चैत्र बुटबलमा सम्पन्न भएको पाटीको महाधिवेशनबाट प्रदेश कमिटिलाई कार्यकारी बनाउने र पार्टी पूर्नगठन गरेर जनताको जनजिविका एव राष्ट्रियताका सवालमा मुद्दा उठान गर्ने पार्टीले स्प्रीट अघि सारेपनि प्रदेश नेतृत्वले केही गर्न नसकेको भन्दै प्रदेशमा भेला गरेर पार्टी पुर्नगठन गरेको हो ।
८ र ९ गते राष्ट्रिय जनमोर्चा सुप प्रदेशका अगुवा नेता कार्यकर्ताले प्रदेशका भेला गरि पार्टी पुर्नगठन गरेको छ । जनमोर्चा केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज लाल बहादुर जाग्रीको प्रमुख आथिथ्यमा भेला गरि पार्टी पुर्नगठन गरेको हो । राष्ट्रिय जनमोर्चा कञ्चनपु्रका पुर्व अध्यक्ष एव केन्द्रीय सल्लाहकार लोकेन्द्र लम्सालको नेतृत्वमा प्रदेश कमिटि पुर्नगठन भएको छ ।

यस अघि नन्दराम भट्ट नेतृत्वको जनमोर्चा प्रदेश कमिटि थियो । उपाध्यक्षमा तिलक परिवार, सचिव लछिराम आर्चाय, सह सचिव हुकुम सिह साउद, कोषाध्यक्ष केशव सिह योगी, सचिवालय सदस्य महेश जोशी, गोबिन्द विक, धन बहादुर बोहरा चयन भएका छन । प्रदेश सदस्य प्रकास ऐर, नरेश झुवाल, कृष्ण विक, विक्रम विश्वकर्मा, गोरख बहादुर विक, निरु विक, सुरेश चौधरी, हरि शर्मा, हरि प्रशाद भट्टराई, मान बहादुर खडका, रमेश नागरी, डब्बल तिरुवा , उमेश कडेल, हेम विक्रम चन्द, लाल बहादुर जाग्री चयन भएका छन । भने सल्लाहकारमा जयराज भण्डारी, शंकर सोव, सिद्धसिह, विक, कृष्ण पण्डित, उद्धव ऐर सहित ५७ सदस्यीय प्रदेश परिषद कमिटि गठन गरिएको छ । भने सुप प्रदेशका सबै जिल्लाको पुर्नगठन गरिएको छ ।
कञ्चनपुरका जनमोर्चा अध्यक्ष राम बहादुर कार्कीलाई अनुशासनको कार्बाही गरेको छ । जनमोर्चा प्रदेशका सदस्य समेत रहेका कार्कीको ठाँउमा जनमोर्चाका अर्का नेता गोबिन्द विकलाई संयोजक तोकेको छ । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेशका नवचयन भएका अध्यक्ष लोकेन्द्र लम्सालले पार्टी पुरै दक्षिणपन्थी तर्फ थकेलिरहेका बेला आफुहरुले सुदूरपश्चिम प्रदेशबाट बिद्रोह गरेको बताए । ‘हामीले यो बिद्रोह कुनै समानान्तरक कमिटि विस्तार गरेका होईनौँ, ‘नव गठित जनमोर्चा सुप प्रदेशका अध्यक्ष लम्सालले भधने, ‘पार्टीको विधान एव बुटबल सम्मेलनले अघि सारेको नीति, सिद्धान्त अनुरुप सुप प्रदेशका पार्टी पूर्नगठन भएको हो ।’
यस पटक प्रदेश कमिटिमा युवा पुस्ता सहित प्रदेशका ९ वटै जिल्लाको ९०प्रतिशत अगुवा नेता कार्यकर्ताहरुको उपस्थितिमा भेला गरेर पार्टीलाई क्रान्तिकारी जनताको पार्टी बनाउनेतर्फ डो¥याएको बताए । पार्टी पूर्नगठन पछि कैलालीमा आयोजित पत्रकार सम्मेलनमा अखिल छैठौँका केन्द्रीय महासचिव तथा नव गठित जनमोर्चा सुप प्रदेशको सचिवालय सदस्य महेराज जोशीले मुल पार्टी यही भएको बताउदै पार्टीका सबै जनबर्गिय संघ संगठन लम्साल नेतृत्वको पार्टीमा गोलबन्द भएको बताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा सुप प्रदेश इन्चार्ज लाल बहादुर जाग्रीले पार्टी पुर्नगठन भएसंगै प्रदेशको सबै जिल्ला, पालिका, वडा तथा गाँउबस्तीसम्म पुग्ने धोषणा गर्नुभयो ।
