ब्राहमणहरूको प्रतिबद्धता : बाल बिवाहमा कर्मकाण्ड नगर्ने 

कर्ण चन्द / डोटी 
डोटीको आदर्श गाउँपालिकाका धार्मिक अगुवा तथा ब्राहमणहरुले बाल बिवाह गर्नेहरुको कर्मकाण्ड नगर्ने प्रतिबद्धता गरेका छन् ।   नेपालमा २२.७ प्रतिशतको १८ बर्ष नपुग्दै बिवाह गर्ने गरेका छन् त्यसमा पनि सुदूरपश्चिममा १४ प्रतिशत बालिकाहरु १८ बर्ष नपुग्दै आमा  हुने गरेका छन् ।
आदर्श गाउँपालिका राष्ट्रिय अन्तर धार्मिक सञ्जालले उमेर नपुगी हुने बिवाहमा  पण्डीतको रुपमा कर्मकाण्ड नगर्ने, दुलाह तथा दुलहीको चिना हेर्दा उमेर नपुगेको भए चिना जुराउने काम नगर्ने, बिवाहको निमन्त्रणा कार्डमा अनिवार्य रुपमा बर तथा बुको उमेर खुलाउन लगाउनुका साथै बाल बिवाह नगर्नुका लागी अबिभाकलाई सुझाव दिने निर्णय गरेको राष्ट्रिय अन्तर धार्मिक सञ्जालका संयोजक टंक प्रशाद ओझाले बताए । ओझाले भने ‘ बाल बिवाह रोक्नका लागी हाम्रो तहबाट हुने सबै प्रकारका सहयोग गएका छौँ, उमेर नपुगेका किशोर किशोरीको चिना हेर्दैनौँ ।’
Sayalb
‘बिहेबारी २० बर्ष पारी’ भने पनि उमेर नपुगी बाल बिवाह गर्नेको सङ्ख्या भने ठुलो छ ।  बाल विवाहले  किशोरी मै आमा बन्दा  स्वास्थ्य प्रतिकुल हुनुका साथै आर्थिक तथा सामाजिक अवस्था समेत कमजोर हुने गर्दछ । बाल बिवाह रोक्न तथा न्यूनीकरण गर्नका लागी डोटीका धार्मिक अगुवाहरू सक्रिय भएका छन् ।
सुदूरपश्चिममा कुल विवाहितमध्ये ६.५ प्रतिशतको १५ बर्ष नपुगी र २९.४ प्रतिशतको १८ बर्ष नपुगी बिवाह हुने गरेको छ । सुदूरपश्चिममा १४ प्रतिशत बालिकाहरु १८ बर्ष नपुग्दै आमा भई सकेकी हुन्छन् । अबिभाबकको सहमतिमा मागी बिवाह गर्ने न्यून भएपनी भागेर गरिने बिवाह चुनौती भएको बताउनु हुन्छ आदर्श गाउँपालिका वडा नं. २ का अध्यक्ष रामबहादुर बोहराले बताए ।
बाल बिवाह भएको जानकारी पाउने बित्तिकै वडा कार्यालय तथा न्यायिक समितिमा जानकारी गराउन पालिकाले सर्ब साधारण संग अपिल गरेको छ ।
बाल बिवाह रोक्नका लागी धार्मिक अगुवा मात्रै स्थानीय तहले पनि उत्तिकै तयारीका साथ लागेको छ । सामाजिक विकासका लागी चुनौती भएको बाल बिवाह अन्त्यका लागी पालिका सधैँ तयार रहको आदर्श गाउँपालिकाका उपाध्यक्ष कमलादेबी ओझाले बताईन । उपाध्यक्ष ओझाले भनिन् ‘हामीले वडामा समेत बाल सञ्जाल बनाएका छौँ महिला सञ्जाल छन् हामी बाल बिवाह गर्नेलाई निरुत्साहित गर्ने गरी काम गरिरहेका छौँ ।’
Shaileshwori
Loading...