जनमोर्चाका नाममा धनगढीमा गरिएको भेला अबैध हो : मनाेज भट्ट

यसैबीच राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले राष्ट्रिय जनमोर्चाका नाममा धनगढीमा भएको भेला अवैधानिक भएको बताएका छन् । महासचिव भट्टले विज्ञप्ति जारी गर्दै भेलाबाट गठन भएको समिति आधाकारिक नभएकोले खारेज गरिएको जनाएका छन् । ‘कथित प्रदेश स्तरीय भेला पार्टीको निर्णयबाट गरिएको होइन, त्यसैले उक्त भेला र भेलाबाट गठित कमिटी अवैध हो ’ विज्ञप्तिमा भनिएको छ । अवैध भेलाबाट निर्माण गरिएको अवैध समितिको भ्रममा नपर्न पनि राष्ट्रिय जनमोर्चाले विज्ञप्तिमार्फत अपिल गरेको छ ।

Sayalb

Shaileshwori
Loading...