मानसिक स्वास्थ्यमा परेको प्रभाव विषयक अन्तरक्रिया सम्वाद कार्यक्रम सम्पन्न

तेजु ओली /डोटी
कोरना भाइरसको प्रत्यक्ष प्रभाव मानसिक स्वास्थ्यमा परेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दिपायल सिलगढी नगरपालिकाको सभाहलमा कोरना भाइरस कोभिड महामारीमा मानसिक स्वास्थ्यमा परेको प्रभाव विषयक अन्तरक्रिया सम्बाद कार्यक्रममा उक्त बताईएको हो ।
कोरोनाको सर्ने तरिका, बच्ने उपाय बारे यथार्थ जानकारी नभएका कारण मान्छेले विभेद गर्दा मानसिक असर पर्ने गरेको दिपायल सिलगढी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष सन्तोष बोहोराले बताउनुभयो । त्यसतै कोरना भाइरसको त्रास अझै बाकि रहेकाले बालबालिकामा बढि त्रास र तनाब भएको प्रेमा श्रेष्ठले बताउनुभयो । आफु कोरना संक्रमण भए पछि समाज छरछिमेक र कार्यक्रममा पनि विभेद हुने गरेकाले मानसिक चिन्ता बढ्ने गरेको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग सुदुरपश्चिम प्रदेश धनगढीको आयोजना र दिपायल सिलगढी नगरपालिकाको समन्वयमा सम्पन्न भएको अन्तर सम्बाद कार्यक्रमका प्रमुख अतिथि निमित प्रमुख जिल्ला अधिकारी किरण जोशी, सभाअध्यक्ष राष्ट्रिय मानव अधिकार आयोग सुदुरपश्चिम प्रदेशका अध्यक्ष मोहन जोशी लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधि पत्रकारको सहभागिता रहेको थियो ।
