जनपत्रकार संगठन डोटीको अध्यक्षमा थापा


प्रकाश थापा, डोटी
जनपत्रकार संगठन नेपाल डोटीको प्रथम भेला जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ । भेलाले जीवन थापाको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपाध्यक्ष शंकर विश्वकर्मा, सचिव गोरख रावत, सह–सचिव सुरेश मलासी, कोषाध्यक्ष हरिष नेपाली रहनेगरी ११ सदस्यीय समिति गठन गरिएको हो ।
बिप्लब नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरुको संगठनको रुपमा रहेको जनपत्रकार संगठन नेपालको समिति डोटीमा पनि बिस्तार गरिएको हो ।
संगठनको जिल्ला भेलामा ने.क.पा. केन्द्रिय सदस्य प्रसान्त, विशिष्ट अतिथी जनपत्रकार संगठन नेपाल सेती महाकाली संयोजक प्रकाश थापा लगाएत नेताहरुको उपस्थिती रहेको थियो ।
बैज्ञानिक समाजवादी ब्यबस्था प्राप्तीका लागी पत्रकारको भूमिका महत्वपुर्ण हुने भएका कारण पनि समाजबादी ब्यबस्थाका लागी पत्रकार नै बढी सक्रीय हुन पर्ने नेकपा केन्द्रीय सदस्य प्रशान्तले बताउनु भएको छ ।
