सुदूरपश्चिमका स्थानीय तहमध्ये पञ्चदेवल विनायक नगरपालिकाको बेरुजु सर्वाधिक

सुदूरपश्चिम प्रदेशका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु रकम अछामको पञ्चदेवल विनायक नगरपालिका र सबैभन्दा कम शुक्लाफाँटा नगरपालिकाको छ । महालेखा परीक्षकको कार्यालयको ५८ औं प्रतिवेदनले सुदूरपश्चिम प्रदेशमा लेखा परीक्षण गराएका ७९ वटा स्थानीय तहमध्ये पञ्चदेवल विनायक नगरपालिकामा सबैभन्दा बढी अर्थात् १६ करोड ९९ लाख ४४ हजार रुपैयाँ बेरुजु छ । यस्तै, सबैभन्दा कम शुक्लाफाँटा नगरपालिकाको ८० लाख ५६ हजार रुपैयाँ बेरुजु छ ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७६र७७ मा पञ्चदेवल विनायक नगरपालिकाको एक अर्ब ८ करोड ४५ लाख ७९ हजार रुपैयाँको लेखा परीक्षण गराएको थियो भने शुक्लाफाँटा नगरपालिकाको एक अर्ब ३५ करोड ६९ लाख ९२ रुपैयाँको लेखा परीक्षण गरिएको थियो ।

सुदूरपश्चिमका दार्चुला जिल्लाका ९ वटा स्थानीय तहबाहेक प्रदेशका ७९ वटा स्थानीय तहमा तीन अर्ब ७२ करोड १२ लाख रकम बेरुजु छ । ती स्थानीय तहअन्तर्गत आर्थिक वर्ष ०७६र७७ मा ८२ अर्ब ८६ करोड ६२ लाख रकमको लेखा परीक्षण गरिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

कुल बेरुजुमध्ये एक अर्ब ६ करोड ७८ लाख रुपैयाँ पेश्की बेरुजु छ । ७ वटा प्रदेशमध्ये स्थानीय तहको बेरुजुका आधारमा सुदूरपश्चिम चौथो स्थानमा छ । प्रदेशको ३१ वटा नगरपालिकाको ४१ अर्ब २० करोड ४० लाखमध्ये दुई अर्ब १४ करोड १५ लाख र ४७ गाउँपालिकाको ३७ अर्ब ९७ करोड ३२ लाखमध्ये एक अर्ब ४७ करोड ७५ लाख बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशकै विकसित मानिएको कैलाली जिल्लामा सबैभन्दा बढी बेरुजु रकम टीकापुर नगरपालिकाको छ भने सबैभन्दा कम जोशीपुर गाउँपालिकाको छ । आर्थिक वर्ष २०७६र७७ मा टीकापुर नगरपालिकाको एक अर्ब ८६ करोड ८२ लाख २५ हजार रकममध्ये २३ करोड ७९ लाख ७१ हजार रकम बेरुजु छ । जोशीपुर गाउँपालिकाको ८७ करोड ४० लाख ८२ हजार रुपैयाँमध्ये एक करोड ७२ लाख १४ हजार बेरुजु छ ।

Sayalb

प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको बेरुजु १० करोड २२ लाख ४४ हजार छ । धनगढीको तीन अर्ब ६८ करोड ८८ लाख ८८ हजार रकममध्ये २।७७ प्रतिशत रकम बेरुजु देखिएको हो ।

कैलालीको घोडाघोडी नगरपालिकाको एक अर्ब ५० करोड ६ लाख ४० हजार रुपैयाँमध्ये १८ करोड ९ लाख ७४ हजार, भजनी नगरपालिकाको एक अर्ब ४२ करोड १० लाख ५१ हजारमध्ये १६ करोड ८६ लाख ८९ हजार, लम्की चुहा नगरपालिकाको दुई अर्ब १६ करोड ५८ लाख ८६ हजारमध्ये १० करोड ३२ लाख ८६ हजार रकम बेरुजु छ ।

यस्तै, गोदावरी नगरपालिकाको दुई अर्ब ३५ करोड ३४ लाख एक हजार रकममध्ये नौ करोड ५९ लाख ६२ हजार र गौरीगंगा नगरपालिकाको एक अर्ब १६ करोड ५७ लाख ४७ हजार रकममध्ये चार करोड ७८ लाख २० हजार रकम बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

कैलालीका ६ वटा गाउँपालिकामध्ये सबैभन्दा बढी बेरुजु रकम जानकी गाउँपालिकाको छ । सो गाउँपालिकाको ८७ करोड ६१ लाख ७४ रकममध्ये सात करोड ३० लाख ६० हजार रुपैयाँ बेरुजु देखिएको हो ।

बर्दगोरिया गाउँपालिकाको ८७ करोड ७० लाख १८ हजारमध्ये पाँच करोड १२ लाख ८० हजार, चुरे गाउँपालिकाको ७६ करोड ६९ लाख ३९ हजारमध्ये तीन करोड १३ लाख ८६ हजार, मोहन्याल गाउँपालिकाको ३६ करोड तीन लाख ३३ हजारमध्ये चार करोड ८६ लाख ९९ हजार र कैलारी गाउँपालिकाको एक अर्ब एक करोड २२ लाख नौ हजारमध्ये दुई करोड ३६ लाख १४ हजार रकम बेरुजु छ ।

Shaileshwori
Loading...