युवा संगठन नेपाल पूर्वीचौकी गाउँपालिकाको प्रथम भेला सम्पन्न

युवा संगठन नेपाल पूर्वीचौकी गाउँपालिका डोटीको प्रथम भेला सम्पन्न भएको छ । नेकपा निकट युवा संगठन डोटी अन्तरगत पूर्वीचौकी गाउँ कमिटीको प्रथम भेला पूर्वीचौकी गाउँपालिका वडा न.४ को सभा हलमा सम्पन्न भएको हो । उक्त भेला मार्फत रंग कुमार साउदको संयोजगत्वमा १५ सदस्यीय गाउँ कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा हरिष साउद, सचिव गणेश भण्डारी, सहसचिव विनोद नेपाली र कोषाध्यक्ष गोपी साउद चयन भएका छन् ।
भेला सम्वोधन गर्दै नेकपा जिल्ला सदस्य प्रकाशले युवा भनेको परिवर्तनको सम्भाग भएकोले अहिलेको व्यवस्थालाई ध्वस्त पार्न युवाहरु ससक्त भएर लाग्नु पर्ने बताउनु भयो । युवा शक्ति भनेको परिवर्तनशिल भएकोले भ्रष्टचारीहरुको विरुद्धमा ससक्त भएर लाग्नु पर्ने युवा संगठन नेपालका डोटी जिल्ला संयोजक सुशिल मलासीले बताउनु भयो ।

युवा संगठन नेपालका गाउँ कमिटी संयोजक रंग कुमार साउदको अध्यक्षता, नेकपा जिल्ला सदस्य प्रकाशको प्रमुख आतिथ्यमा युवा संगठन नेपाल डोटी संयोजक सुशिल मलासीको विशिष्ट आतिथ्यमा र नेकपा पूर्वीचौकी गाउँपालिका इन्चार्ज शंकर साउदको आतिथ्यमा भएको भेलामाको संचालान नेकपा पूर्वीचौकी गाउँपालिका सेक्रेटरी छत्र साउदले गरेका थिए ।
साथै भेलामा उपस्थित अतिथी र युवाले पूर्वीचौकी गाउँपालिका कार्यलय वडा न.४ को कार्यालय र सहकारी कार्यालयको प्राङ्गणमा सरसफाइ गर्ने कार्य पनि सम्पन्न भएको छ ।
