कृष्णअष्ठमी र गौरा पर्वको मूख्यमन्त्री भट्टद्धारा शुभकाना


यसै अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले सम्पूर्ण प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री भट्टले शुभकामना सन्देशमा भनेका छन- ‘सुदूरपश्चिम प्रदेशमा माैलिकरुपमा मनाईने धार्मिक तथा संस्कृतिक महत्व बाेकेकाे गाैरा पर्वकाे अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीमा सुख शान्ति र समृद्धिकाे शुभकामना ।’
परापूर्वकालदेखि मनाईदै आएकाे गाैरा यस प्रदेशकाे विशिष्ट पहिचान भएकाे भन्दै मुख्यमन्त्री भट्टले सदीयाैंदेखि मनाईदै आएकाे यस पर्वले आफ्नाे माैलिकता कायम समेत सफल भएकाे उल्लेख गरेका छन् ।
काेराेना संक्रमणाकाे महामारीवाट उत्पन्न परिस्थितिमा स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाउदै आपसी समझदारी र बन्धुत्वकाे भावना जगाई गाैरा पर्वलाई खुशियालीकासाथ मनाउनुहुने विश्वास लिएका छु भन्दै मुख्यमन्त्री भट्टले ‘गाैरा पर्वले प्रदेशवासीवीच सदभावा तथा एकता कायम रहाेस्’ भनेर शुभकामना ब्यक्त गरेका छन् ।
