कानुन मन्त्री जोशीद्धारा गौरा पर्वको अवसरमा शुभकामना व्यक्त

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सुदूरपश्चिमको प्रमुख पर्व गौरा पर्वको अवसरमा देश विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेकी छन । पर्वको अवसरमा सोमबार विज्ञप्ती जारी गर्दै मन्त्री जोशीले प्रदेशवासीमा शुभकामना व्यक्त गरेकी हुन् ।

“परिवारको सुख, शान्ति तथा सामाजिक सद्धभावका लागि उपवास, पूजा, संगीत र नृत्यमा सहभागि भएर मनाइने यो पर्व यो क्षेत्रकै ठूलो त्याहार हो । पर्वहरुलाई समयानुकूल सभ्य, मितव्ययी, आडम्बरमुक्त बनाउँदै सकारात्मक तरिकाले संकृतिहरुको हस्तान्तरण गर्न समेत यो पर्वले प्ररणा प्रदान गरोस्” जारी विज्ञप्तीमा भनिएको छ ।

Sayalb

भाद्र शुक्ल पन्चमीका दिनदेखि विरुडा भिजाएर शुरु हुने पर्व शिव पार्वती ९उमा महेश्वर० को प्रेम अनि विवाहको स्मरण गदैं विशेष विधि अनुष्ठान अनुसार शिव पार्वतीको पूजा आराधना गरेर महिलाहरुले मनाउने गर्दछन् । भने सबै उमेर समुहका मानिसहरुले विविध प्रकारले सहभागिता जनाउँदछन् ।

गौरालाई सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । साथै श्री कृष्ण जन्माष्टमी र गौरा पर्वका दिन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

साेधपत्रबाट साभार 

Shaileshwori
Loading...