कालिज फर्म भित्र पसेको चितुवा १५० कालिज मारेर १५ घण्टापछि निस्कियो

डोटी : केआईसिंह गाउँपालिका वडा नं. ६ भूमिराजमाण्डौैं फलेडीमा रहेको कालिज बहु उदेश्य फर्म भित्र पसेको चितुवा १५ घण्टापछि निस्किएको छ । तार र जालीले बन्द गरेको फर्म भित्र आईतबार राती फर्म भित्र फसेको चितुवा सोमवार दिउँसो ३ बतेतिर निस्किएको सञ्चालक कर्ण बोहराले जानकारी दिनु भएको छ । चितुवाले फर्म भित्र रहेका करिव १५० कालिज मारेको बोहराले बताउनुभयो ।

फर्म भित्र जाने बाटो गाउँतिर भएकाले अन्य ठाउँबाट बाहिर निस्कने बाटो नपाउदा चितुवा भित्रै थुनिएको थियो । डिभिजन बन कार्यालय तथा जिल्ला प्रशासन कार्यालय डोटीमा फर्म भित्र चितुवा पसेको जानकारी गराइएको भए पनि स्थानिय लगायतको प्रयासबाट चितुवालाई लामो समयपछि फर्मबाट भगाउन सफल भएको सञ्चालक बोहराले जानकारी दिनु भएको छ ।
