सुदूरपश्चिम प्रदेशमा एकिकृत समाजवादीको पक्षमा १४ सांसदले सनाखत गर्दै

नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा ‘एकीकृत समाजवादी’ पार्टीको पक्षमा सुदूरपश्चिम प्रदेश सभाका १४ जना प्रदेश सभा सदस्यले निर्वाचन आयोगको प्रदेश कार्यालयमा सनाखत गर्ने तयारी गरेका छन् ।  एक नेताका अनुसार आजै १४ जनाले खनाखत गर्ने तयारी छ । केही सांसदसंग छलफल जारी रहेकोले संख्या बढ्न सक्ने बताईएको छ ।

सुदूरपश्चिमका प्रदेशसभा सदस्य आजै सनाखत गर्ने तयारीमा जुटेका छन् । आज बेलुका ५ बजेसम्म प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्ने तयारीमा प्रदेश सांसद जुटेका हुन् ।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले आजै सनाखत गर्ने तयारी भइरहेको बताइन् ।  ‘निर्वाचन आयोगले २२ गतेसम्मको समय दिएको थियो ।

Sayalb

सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसद छन् । विगतमा उनीहरुमध्ये माधव समूहमा १८ र ओली समूहमा ७ जना थिए । नयाँ पार्टी दर्ता भएपछि अंकगणित फेरवदल हुने सम्भावना छ ।

नेकपा ‘एकीकृत समाजवादी’ पार्टीमा जान इच्छुक नेकपा एमालेका प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका सदस्यहरुका लागि २२ गतेसम्मको समयसीमा तोकिएको थियो ।

Shaileshwori
Loading...