कोरोना कहरका बिच सिलगढीमा मष्टाको जात्रा सम्पन्न, हजारौँ सहभागी

डोटी : सुदुरपश्चिम प्रदेशको प्रशिद्ध धार्मीक तथा पर्यटकीय स्थल शैलेस्वरी मन्दिरमा माष्टाको जात्रा कोरोना  कहरका बिच सम्पन्न भएको छ ।

मष्टाको जात्रा प्रत्येक वर्ष श्रिकृष्ण जन्माष्टमीको राति र त्यसको दोस्रो दिन दिउँसो लाग्ने गर्दछ । मष्टालाई कृष्णको प्रति मान्ने भएकाले सधै यहि समयमा मनाईदै आएको स्थानियले बताउने गरेका छन् । परापुर्व कालदेखि मनाउदै आएको जात्रामा मागेको मनोकामना पुरा हुने विश्वासका साथ यस वर्ष पनि जात्रा लागेको स्थानीय शिद्धराज जोशीले बताउनुभयो ।

Sayalb

कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय डोटीले जात्राहरु सिमित रुपमा मनाउन आग्रह गरेको थियो । तर प्रशासनको आदेशको व्यवास्ता गर्दै मष्टा जात्रामा हजारौँको सहभागिता देखिएको छ । यसले गर्दा कोरोना संक्रमणदर बढ्न सक्ने आशंका गरिएको छ ।

Shaileshwori
Loading...