Before Header
After Navigation

केदारअखडा माद्यामीक विद्यालयमा तोड्फोड

डोटी : बोगटान फुड्सिल गाउँपालिका–२ मा रहेको केदारअखडा माद्यामीक विद्यालयमा तोड्फोड भएको छ । अज्ञात समुहले भाद्र १२ गते राति विद्यालय तोड्फोड गरेको विद्यालयका प्र.अ गुमान सिंह बोहराले बताउनुभएको छ । बोहराका अनुसार विद्यालय अपिस कोठाको ताला तोडेर कोठा भित्र रहेका दराजका विभिन्न कागजात तितरवितर पारिएको थियो ।

Sagan sahari bhawan nirman aayojana

विद्यायलयको धेरै कागजात हराएको खबर आएको भए पनि आफु श्रिमतिको उपचारको लागि धनगढी रहेकाले केकति कागजात गायव पारिएको छ थाहा नभएको प्रअ बोहराले बताउनुभयो । अहिले सम्म विद्यालय तोड्फोड कसले गरेको हो भन्ने पत्ता लाग्न सकेको छैन तर स्थानियले भने गाउँकै केही व्यक्तिहरुले मदिरा सेवन गरेर त्यो कार्य गरेको हुन सक्ने आशंका गरेका छन् ।

Shaileshwori
Loading...