नयाँ युवा नयाँ सोच डोटी इकाइको पहिलो बैठक सम्पन्न

तेजु ओली/ डोटी
नयाँ युवा नयाँ सोच डोटी इकाइको पहिलो बैठक सम्पन्न भएको छ । आज सुदुरपश्चिम प्रदेशको धार्मिक तथा पर्यटकीय स्थल शैलेश्वरी मन्दिरमा इकाइका जिल्ला अध्यक्ष हेमराज धामीको अध्यक्षमा बैठक सम्पन्न भएको हो । बैठकबाट मिनि खपतडको रुपमा चिनिएको वगलेकमा नेपालको राष्ट्रिय झण्डा र डस्टबिन राख्न केन्द्रीय समितिसंग छलफल गर्ने निणर्य गरेको इकाइका जिल्ला अध्यक्ष हेमराज धामीले बताउनुभयो ।

Sayalb

जिल्ला कार्य समिति सदस्यको उपस्थितमा जिल्लामा नया युवा नया सोच नेपाललाइ चिनाउने र यस्को आवश्यत्ता हुने गरि काम गर्ने सदस्य हरुको प्रतिबद्धता रहेको थियो । नामबाटै प्रष्ट हुने गरि नया युवा नया सोचलाइ ब्यावहारमा प्रयोग हुने गरी काम गर्नु पर्ने इकाइका कोषाध्यक्ष शुस्मा मलासीले बताउनुभयो । डोटीमा हालसालै स्थापना भएको कमिटीले विकास निर्माण, जनचेतनामुलक गतिविधि, पर्यटन प्रबर्धन लगायतका क्षेत्रमा काम गर्ने बताएको छ ।

Shaileshwori
Loading...