म एमाले मै रहन्छु : गहतराज
प्रेम नेपाली , डोटी
सुदुरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री अर्चना गहतराजले आफू नेकपा ‘एमाले’ मै रहने जानकारी दिएकी छन् । एमाले जिल्ला पार्टी कार्यालयमा पत्रकारुंग कुरा गर्र्दै प्रदेश सभा सदस्य गहतराजले एमाले बाहेक अरु पार्टी रोज्न नसक्ने बताएकी हुन । जस्तोसुकै लोभलालच देखाएता पनि आफू नेकपा एमाले पार्टीको एक इमान्दार कार्यकर्ता भएर लागेको बताएकी छन ।
नेकपा एमाले बाट समानुपातिक साङ्सद भएर सुदुरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री समेत रहेकी गहतराजले आफूलाई धेरै नेताहरूले पदको आश्वासन देखाएको तर आफुभने क्षणिक पदको प्रलोभनमा नपर्ने बताईन् ।
आफु चुनावमा हुमिदा पनि नेकपा एमालेको सुर्य चिन्ह लिएर हुमिएका कारण अब नेकपा एमाले छोडेर कुनैपनी हालतमा नेकपा ‘एकीकृत समाजवादी’ पार्टीमा जान नसक्ने र अरु कोहि पनि सच्चा नेकपा एमालेका इमान्दार नेता कार्यकर्ताले समेतले पनि जान नहुने उहाको धारणा रहेको थियो ।