दलित र सिमान्तकृत परिवारलाई बाख्रा उपहार 

नारद नेपाली, बुडर 
जोरायल गाउँपालिका वडा नं. २ छतिवनको मेल खोलाका दलित तथा सिमान्तकृत समुदायका ६४ परिवारलाई  २ सय ९१ बाख्रा र ५ वटा वितरण गरिएको गरेको छ ।
Sayalb
डेन चर्च एड (डिसिए) नेपालको  आर्थिक सहयोगमा सम विकास केन्द्र नेपाल डोटीद्वारा सञ्चालित गिफ्ट परियोजना अन्तरगत बाख्रा गिफ्ट दिएको सम विकास केन्द्र नेपालका कार्यक्रम संयोजक महेश परियारले जानकारी दिए । उनले भने ‘हामीले तिस लाखको  लागतमा दलित तथा सिमान्तकृत परिवाहरुलाई सहयोग स्वरूप हस्तान्तरण गरेका छौँ ।’
प्रति परिवार कम्तीमा ४ र बढीमा ६ बाख्रा वितरण गरेको सम विकास केन्द्रले जानकारी दिएको छ । डिसिय र सम विकास केन्द्रको साझेदारीमा प्रत्येक वर्ष एक बस्तीलाई ठुलो मात्राका बाख्रा वितरण गर्ने कार्यक्रम अन्तरगत यस वर्ष मेलखोलाको बस्तीलाई छनौट गरेको सम विकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिसीले जानकारी दिए ।
सम विकास केन्द्रले ठुलो संख्यामा बाख्रा सहयोग गरेपछी स्थानीयले खुसी व्यक्त गरेका छन् ।
Shaileshwori
Loading...